कवि ( विकल त्यागी ) प्रकाश गुरुङको मुक्तक संग्रह ‘खजमजिएको ब्रह्माण्ड’ विमोचन

काठमाडौं — कवि ( विकल त्यागी ) प्रकाश गुरुङको मुक्तक संग्रह ‘खजमजिएको ब्रह्माण्ड’ एक विशेष कार्यक्रमबीच विमोचन गरिएको छ।

साहित्यप्रेमी, कवि, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थितिमा आयोजित कार्यक्रममा ( विकल त्यागी ) प्रकाश गुरुङले कोदो रोपेर गोड्न छाडेर आउनु है चेली माईती सम्झेर जस्ता मिठो कबिता तथा मुक्तक बाचन गर्दै कार्यक्रमको थालनी गरिएको थियो । कार्यक्रममा उपस्थित बिबिन्न साहित्यप्रेमी, कवि, लेखक तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले नेपाली साहित्यमा मुक्तक विधाको आफ्नै विशिष्ट महत्व रहेको चर्चा गरे। उनीहरूले ‘खजमजिएको ब्रह्माण्ड’ले समकालीन समाज, मानवीय संवेदना, जीवनका भोगाइ तथा समयका विविध पक्षलाई साहित्यिक रूपमा प्रस्तुत गरेको बताए।

कार्यक्रममा बोल्दै साहित्यकारहरूले कवि गुरुङका मुक्तकमा जीवन र जगतलाई नजिकबाट नियाल्ने दृष्टिकोण, सामाजिक यथार्थ र मानवीय अनुभूतिको संयोजन भेटिने धारणा व्यक्त गरे। छोटो संरचनामा गहिरो भाव र सन्देश प्रस्तुत गर्नु मुक्तकको विशेषता भएकाले यस संग्रहले पाठकको ध्यान आकर्षित गर्ने विश्वाससमेत व्यक्त गरिएको थियो।

‘खजमजिएको ब्रह्माण्ड’ कवि विकल त्यागी प्रकाश गुरुङको साहित्यिक सिर्जनाको महत्वपूर्ण कृतिका रूपमा आएको बताइएको छ। संग्रहमा समेटिएका मुक्तकहरूले प्रेम, पीडा, संघर्ष, समाज, सम्बन्ध र समसामयिक जीवनका विभिन्न आयामलाई अभिव्यक्त गर्ने प्रयास गरेका छन्।

विमोचन कार्यक्रममा स्रष्टा गुरुङलाई शुभकामना दिँदै सहभागीहरूले नेपाली साहित्यको यात्रामा थप सिर्जनात्मक सफलता मिलोस् भन्ने कामना गरेका थिए।

कार्यक्रम साहित्य, सिर्जना र पाठकबीचको सम्बन्धलाई थप मजबुत बनाउने अवसरका रूपमा समेत लिइएको थियो।

प्रतिक्रिया
सम्बन्धित खबर